राष्ट्रपति भण्डारी र पाकिस्तानी प्रधानमन्त्री खानबीच भेटवार्ता

205

काठमाडौ, चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्ताका प्रधानमन्त्री इमरान खानबीच चीनमा भेट भएको छ । चीनमा सञ्चालित अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरममा सहभागी हुन चीन पुगेका दुई देशका राष्ट्र प्रमुख र सरकार प्रमुखबीच भेट भएको हो । आइतबार भएको भेटमा दुई पक्षीय आपसी हितका बारेमा कुराकानी भएको छ । यही वर्ष पाकिस्तानको सत्तामा पुगेका प्रधानमन्त्री खान उनले अघी सारेको विकासवादी अवधारणाका कारण चर्चामा रहँदै आएका छन् । उनले अन्तराष्ट्रिय सम्बन्धमा देखाएको परिवक्वता र केही समय अघी भारत र पाकिस्तानबीच भएको तनावमा देखाएको परिवक्व निर्णयले पनि चर्चा कमाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here