एनआईसी एशिया बैंकको चमत्कारिक नयाँ बचत योजना

201

काठमाडौं / एनआईसी एशिया बैंकले सेवा सुचारु गरेको २१ वर्ष पुरा गरि २२ औं वर्षमा प्रवेश गर्न लागेको अवसरमा   ग्राहकवर्गको सेवाका लागि आकर्षक योजनाहरु ल्याएको  छ ।

 पछिल्लो समय विभिन्न योजनाहरु सञ्चालन गर्दै आएको  बैंकले ग्राहकको लागि आकर्षक योजनाहरु ल्याएको हो ।

‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने मुल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ् सेवा प्रदान गर्दै आइरहेको उक्त बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा २२ वटा चमत्कारीक विशेषताहरु सहितको बिभिन्न १५ नयाँ बचत निक्षेप योजना सञ्चालनमा ल्याएको हो ।

 नेपालकै सबैभन्दा ठूलो शाखा संञ्जाल भएको बैंकका रुपमा उभ्याउँदै अघि बढेको यस बैंकले सबै तह र तप्काका ग्राहकहरुलाई लक्षित गरी ‘चमत्कारिक बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता’ सञ्चालनमा ल्याएको जनाएको छ ।

त्यस्तै बैंकले कर्मचारीहरुलाई केन्द्रित गरी ल्याईएको चमत्कारिक तलब बचत खाता र अन्य योजनाहरुले आम जनमानसको बचत गर्ने बानीलाई अभिबृद्दि गर्ने बिश्वास समेत लिएको छ ।

बैंकले ल्याएको निक्षेप योजनाहरुमा ग्राहक महानुभावहरुले रु १५ लाखसम्मको दुर्घटना बिमा र रु १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा तथा रु १ लाख ५० हजार सम्मको औषधि उपचार बीमा सुविधा समेत प्राप्त गर्न सक्ने छन् ।

साथै कर्जामा समेत विशेष छुट र सहुलिय तप्रदान गर्ने गरी ल्याइएको उक्त योजनाहरुमा २२ चमत्कारिक फाइदाहरु सहितको योजनाले सबै क्षेत्र, भेग, तह र तप्काका सेवाग्राहीहरुलाई फाइदापुग्ने बैंकको बिश्वास छ ।

साथैं चमत्कारिक बचत निक्षेप खाताहरु मुलुकभरी रहेको आफ्ना २८१ वटै शाखाकार्यालयहरु र अनलाइनबाट समेत बिना भन्झटमा ग्राहकहरुले खोल्न सक्ने बैंकको भनाई छ । बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा विभिन्न सुविधाहरु रहेको जनाएको छ ।

देशैभरी रहेका कुनैपनि बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा लगायतका अन्य धेरै चमत्कारिक फाइदाहरु बैंकले ल्याएको छ । चमत्कारिक बचत योजना अन्र्तगत चमत्कारिक विशेषताहरु सहितका धेरै फाइदाहरु रहेका छन् ।

बैंकले  सुन तथा चाँदीका सिक्काहरु प्रदान गर्ने योजनाका साथै चमत्कारिक नारी वचत योजना, घरमै बैंकिङ्ग सुविधा प्रदान गर्न सक्ने थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना तथा थप चमत्कारिक सुविधाका साथ चमत्कारिक बाबुनानी बचत योजना, चमत्कारिक बिद्यार्थी बचत योजना र आम कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने, क्रेडिट कार्ड प्रदान गर्ने लागयतका तमाम चमत्कारिक योजनाहरु बैंकले सार्वजनिक गरेको छ ।

उक्त बैंकका मुलुकभर २ सय ८१ शखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेव प्रदान भैरहेको जनाएको उक्त बैंकले करिब १६ लाख ग्राहकहरूका साथ सेवा सञ्चालनमा रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here