१० हजारमा नागरिकता बनाइदिने भन्दै रकम लिने पक्राउ

95

सुनसरी /  नागरिकता बनाई दिन्छु भनी आश्वासन देखाउने एक व्यक्ति पक्राउ परेका छन् । नागरिकता बनाइदिने भन्दै लेखापढी व्यवसाय गर्ने ४१ वर्षीय चेत प्रसाद अधिकारीलाई नगद १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

चेत प्रसादले सोही ठाउँस्थित जिल्ला प्रशासन कार्यालय अगाडि ईटहरी-९ बस्ने ४६ वर्षीया म हिलालाई नागरिकता बनाईदिन्छु भनी उक्त रकम लिँदै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here