प्रहरीद्वारा गाँजा गिरोहका नाइके पक्राउ

91

हेटौंडा / प्रहरीले अवैध लागूऔषध ७१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । सधैं भरिया मात्रै समातेर आलोचना खेपिरहेको प्रहरीले यो अपरेशनमा मालिक गौरीशंकार यादव र ट्रक चालक २७ वर्षीय कर्णबहादुर हमाललाई पक्राउ गरेको हो ।

ना ५ ख ८१६४ नम्बरको ट्रकको क्याविन मुनि गाँजा लुकाएका थिए । मकवानपुरका एसपी मुकेशकुमार सिंहका अनुसार हेटौंडाको नारायणगढ सडकखण्डस्थित लेवटबाट एक लाखमा खरिद गरेर यादवले लैजाँदै थिए । उनको साथबाट ३० हजार रुपैयाँ नगद पनि बरामाद गरेको छ । उनले विक्रीका लागि लगेको बयान दिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार कारोबारमा संलग्नलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार २ देखि १० वर्षसम्म कैद र १५ देखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुई हुनसक्छ । त्यस्तै, ट्रक र नगद पनि जफत हुने प्रावधान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here