भारतको महाराष्ट्रमा बम आक्रमण, १५ सुरक्षाकर्मीको मृत्यु

110

भारतको महाराष्ट्र राज्यको गढचिरौली जिल्लामा नक्सलवादीहरुले गरेको आक्रमणमा परि १५ जना प्रहरीको मृत्यु भएको छ ।

गस्तीमा गैरहेको प्रहरीको गाडीलाई लक्षित गरी नक्सलवादीको एक समूहले आईडी बम विस्फोट गराएको हो ।

गाडीमा १६ जना प्रहरी सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिले पनि त्यस क्षेत्रमा नक्सलवादी र सुरक्षाकर्मीबीच भिडन्त जारी रहेको छ ।

केही समयअघि मात्रै महाराष्ट्रका विभिन्न ठाउँमा माओवादीहरुले तीन दर्जनभन्दा बढी गाडी जलाएको खबर आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here