वीरगञ्ज / प्रश्नपत्र निर्धारित समय भन्दा ढिलो बाँडेको र चकेजाँचको क्रममा छात्रालाई दुव्र्यवहार गरेको आरोप लगाउँदै कक्षा १२ का परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।
वीरगंज कमर्स क्याम्पसमा परीक्षा दिन गएका विद्यार्थीहरुले बिहिवार कलेजले २० मिनेट ढिलो प्रश्नपत्र दिएको, समयअगावै कपी खोसेको र छात्रामाथि दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।
आक्रोशित परीक्षार्थीहरुको प्रदर्शनबाट परीक्षा केन्द्र केहीबेर तनावपूर्ण बन्न पुगेको थियो । विद्यार्थीहरुले नारा जुलुस गर्न थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिइएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्राविधिक कारणले ५ मिनेट ढिला कपी वितरण भएको थियो ।
विसीसी कलेज परीक्षा केन्द्रमा अनुभूति कलेज, त्रिजुद्ध मावि, बिद्यापीठ उच्च मावि श्रीपुर र मिनिल्याण्ड स्कुलका विद्यार्थीको परीक्षा केन्द्र परेको छ ।

















