काठमाडौं – जेठ ३ गते बाट रिलिज हुन लागेको ‘जात्रै जात्रा’ टिम को बन्छ करोडपति शोमा पुगेको छ । फिल्मको प्रचार गर्ने उदेश्यले फिल्म टिम सो स्थानमा पुगेको हो ।
फिल्मका तर्फबाट दयाहाङ राई र विपिन कार्कीले हट सिटमा बसेर सोका होस्ट राजेश हमालसँग खेल खेलेका छन् ।
‘हामीले को बन्छ करोडपतिबाट जती रकम जितेका छौ, त्यसमा हाम्रो टिमबाट थप गरेर नायिका स्वेता खड्काको स्वेता श्री फाउन्डेशनलाई हस्तान्तरण गर्दैछौ ’ चलचित्र निर्देशक प्रदीप भट्टराइले भने । स्वेताले अहिले सिन्धुपाल्चोकमा माझी बस्ती निर्माण गरिरहेकी छिन् ।
नायक राजेश हमालसँग बसेर खेल खेल्दा रमाइलो र नयाँ अनुभुती भएको अभिनेता दयाहाङले जनाए । विपिनले भने खेलमा नयाँ अनुभव संगाल्न पाएको सुनाए ।
प्रदीप भट्टराइको निर्देशन रहेको चलचित्रमा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिं बानियाँ, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

















