देशैभरी विद्युतीय चार्जिङ स्टेशन बन्ने

129

काठमाडौं / सरकारले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यातायात प्राधिकरण गठन गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम सो विषय उल्लेख छ । यस्तै सरकारले सहरहरुमा ठूला सार्वजनिक सवारी साधन चलाउन प्रोत्साहन गर्ने नीति लिएको छ ।

सरकारले काठमाडौं उपत्यकासहितका ठूला सहरमा सरकार र निजी क्षेत्रको सहभागितामा विद्युतीय सवारीसाधन चलाउने पनि जनाएको छ । सरकारले यसै आर्थिक वर्षभित्र सार्बजनिक यातायातमा डिजिटल यात्रा कार्ड प्रयोगमा ल्याउने पनि जनाएको छ । विद्युतीय सवारीसाधन चलाउन प्रोत्साहन गर्न देशैभरी विद्युतीय चार्जिङ स्टेशन जडान गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here