समुद्री आँधी फानीका कारण नेपालमा चट्टयांग र हावाहुरीको सम्भावना

255

काठमाडौ, हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित शक्तिशाली समुद्री आँधी चक्रवात “फानी” को प्रभाव नेपालमा पनि पर्ने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । फानी बिस्तारै उत्तर पूर्वी दिशातर्फ बढिरहेको र आजबाट यो प्रणाली ओड़ीसा को तटीय क्षेत्र मा भित्रिने सम्भावना रहेको शाखाले जनाएको छ । उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिलेसम्म नदेखिए पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज र भोली मौसम केहि प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन र चट्टयांग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने शाखाले जनाएको छ । हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ । साथै देशको पश्चिमी क्षेत्रमा आज पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ । आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here