प्रधानमन्त्री ओली बैशाख २६ मा भियतनाम जाँदै

193

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओली चार दिने विदेश भ्रमणका लागि भियतनाम जाने भएका छन् । उनी भियतनामका प्रधानमन्त्रीको निमन्त्रणमा बैशाख २६ त्यसतर्फ जान लागेका हुन् । भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाको बौद्धमार्गीहरुको बैशाख समारोह र थिंकट्यांकको कार्यक्रलाई सम्बोधन गर्ने छन् । भ्रमणले युद्धबाट उठेर आर्थिक विकासको बाटोमा तिव्र गतिमा अघी बढको भियतनामबाट नेपालले पनि पाठ सिक्न मद्दत गर्ने अपेक्षा गरिएको छ । साथै प्रधानमन्त्रीको भ्रमणका बेला भियतनाममा रहेका बौद्धमार्गीहरुलाई नेपालमा पर्यटकका रुपमा भित्र्याउन पनि मद्दत पुग्ने जनाइएको छ । बैशाख ३० गतेसम्म भियतनामको भ्रमण गरी प्रधानमन्त्री ओली कम्बोडिया जाने कार्यक्रम रहेको छ । कम्बोडियाका प्रधानमन्त्री हु सेनको निमन्त्रणामा भ्रमण गर्न लागेका प्रधानमन्त्री ओली दुई दिने कम्बोडिया भ्रमण पुरा गरी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here