एक महिना धनगढी विमानस्थल बन्द

269

कैलाली- धावनमार्गको स्तरोन्नतीका लागि धनगढी विमानस्थल बन्द भएको छ। आइतबारदेखि जेठ २१ गतेसम्म विमानस्थल बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जनाकारी दिए।

निर्माण कम्पनीले आइतबारदेखि स्तरोन्नतीको काम थालिसकेको उनले जनाए । १० वर्षमा धावन मार्गको स्तरोन्नति गर्नुपर्ने भए पनि धनगढी विमानस्थलको भने विगत १४ वर्षदेखि धावनमार्गको स्तरोन्नती गरिएको छैन। अब झन्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावन मार्ग, पार्किङ क्षेत्र विस्तारलगायतको कार्य हुने छ।

विमानस्थलको स्तरोन्नती गर्न लुम्बिनी, कोशी एन्ड न्यौपाने, खड्का, कोइराला जेभी काठमाडौँले १७ करोड ८८ लाखमा ठेक्‍का पाएको छ।६० मिटर चौडाइ र १८ सय मिटर लम्बाइ रहेको धनगढी विमानस्थलको धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुबैतर्फ २ र २ मिटर धावन मार्ग फराकिलो बनाइनेछ।

अहिले ३ वटा जहाजको मात्रै पार्किङको व्यवस्था छ। अब थप एक जहाज पार्किङ गर्न मिल्ने गरी पार्किङ क्षेत्र विस्तार, दमकलको सुविधा थपको काम हुनेछ। अहिले धनगढी काठमाडौँ ५ वटा जहाजले उडान भर्ने गरेका छन्। विमानस्थलको स्तरोन्नतीले यात्रुहरु भने मर्कामा परेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here