ग्लोबल आइएमईद्धारा व्हील चेयर वितरण

167

काठमाडौं  / ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत करुणा फाउन्डेशन नेपाललाई २१ थान स्पेशल व्हील चेयर हस्तान्तरण गरेको छ । बैंकमार्पmत बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थीले करुणा फाउन्डेशन नेपालका कार्यकारी निर्देशक दिपकराज सापकोटालाई व्हील चेयरहरु हस्तान्तरण गरेका हुन् ।

करुणा फाउन्डेशन नेपाल वि.स. २०७२ देखि इलाम र सुनसरी जिल्लामा अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको जीवनमा गुणस्तरीय सुधार ल्याउन क्रियाशिल रहिआएको संस्था हो । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु, बाढी, पहिरो, भुकम्पलगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here