धरानलाई राजधानी घोषणाको माग गर्दै प्रदेशसभा अगाडि प्रदर्शन

107

विराटनगर-  प्रदेश १ को राजधानी सुनसरीको धरानलाई बनाउन माग गर्दै विराटनगरमा प्रदर्श गरिएको छ ।

धरानलाई राजधानी घोषणाको माग गर्दै धरान उपमहानगरपालिकाको अगुवाइमा धरानवासीले प्रदेशसभा अगाडी प्रदर्शन गरेका हुन् ।
प्रदेशको राजधानीको सहमति खोज्न संसद भवनस्थित संसदीय दलको नेताको कार्यकक्षमा सर्बदलीय बैठक बसिरहेको छ ।

राजधानी बृहत् विराट क्षेत्र विकास भित्र राख्ने या विराटनगर अगाडिपछाडि राख्ने भन्ने विवाद कायम छ ।

स्थायी राजधानी तोक्ने तयारी गरेको प्रदेश १ सरकारले केही दिनअघि मात्रै साविकको पूर्वाञ्चलको राजधानी धनकुटालाई सम्पर्क राजधानी बनाउने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here