एजेन्सी / दुई साताअघि फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मन (पीएसजी) लाई नेइमारले हारबाट जोगाएका छन् । हिजो शनिबार राति भएको खेलमा पीएसजीले नाईससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । खेलको पहिलो गोल नाइसका इग्नाटियस गनागोले ४६ औं मिनेटमा गोल गरेका थिए । खेलको ६० औं मिनेटमा नेइमारले पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए । खेलको अन्तिममा इडिन्सन काभानी पेनाल्टीमा चुकेपछि पीएसजीले बराबरीमा चित्त बुझाएको थियो । बराबरीसँगै शीर्ष टोली पीएसजीले ३५ खेलबाट ८५ अंक बनाएको छ । दोस्रो स्थानमा रहेकको लिलेको ६८ अंक छ । नाईस ५२ अंक सहित सातौँ स्थानमा छ ।

















