सत्तापक्ष नेताले नै संसदमा गरे ओली सरकारको भण्डाफोर

194

काठमाडौं / सत्तापक्षीय सांसद नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटाले सरकारले भष्ट्राचार रोक्न नसकेको आरोप लगाउदै भण्डाफोर गरेका छन् । मुलुकको सबै जमिन सरकार मातहत ल्याउनुपर्ने धारणा उनले राखेका छन् । जग्गाको चलखेल गरेर राज्यव्यवस्थालाई नै कमजोर पार्न खोजिएको भन्दै सापकोटाले उच्चस्तरीय शक्तिशाली आयोग बनाएर सबै जमिन सरकार मातहत ल्याउनुपर्ने धारणा राखेका छन् ।

उनले संसदले शक्तिशाली आयोग गठन गर्नुपर्ने धारणा राखेका छन् । आयोगले जग्गालाई राज्यको मातहत ल्याएर नीति बनाएर बाँड्नुपर्ने धारणा रखेका छन् ।

नीति तथा कार्यक्रमको समर्थन गर्दै सापकोटाले कर्मचारी समायोजन, स्थानीय तथा प्रदेश सरकारबीच समन्वयको जटिल अवस्थाबाट आएको सरकारले नयाँ नीति तथा कार्यक्रम सही, वैज्ञानिक र वस्तुवादी ल्याएको भने पनि नीति तथा कार्यक्रमको कार्यान्वयन चुनौतीपूर्ण रहेको तर्पm संकेत गरे ।

यो नीति तथा कार्यक्रम बजेटद्वारा अभिव्यक्त भएन भने फगत भाषण मात्र हुन्छ, प्रवचन मात्र हुन्छ ।’ सापकोटाले नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि संरचनागत परिवर्तन हुनुपर्ने धारणा राखेका छन् ।
‘सामाजिक सुरक्षा भत्ता बढाउने कुरा र तातोपानी खुलाउने कुरा स्वागतयोग्य भन्दै सबै स्थानीय तहका केन्द्रमा कालोपत्रे सडक पुर्‍याउने’ कार्यक्रम राम्रा भएको उनको भनाइ थियो । सार्वजनिक खरिद ऐनमा परिवर्तन तथा सबै स्थानीय तहमा औद्योगिक ग्राम खोल्ने नीति तथा कार्यक्रम सही भएको पनि उनको भनाइ थियो ।

दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुनुपर्ने उनको धारणा छ । उनले भने, पात टिपेर र हाँगा छिमलेर कुनै पनि बीष वृक्षको निर्मुल हुँदैन । प्रचवन दिएर र कसम खुवाएर भ्रष्टाचार नियन्त्रण गर्न सकिदैन । जनताले दुई तिहाई मत किन दिएका हुन् ? गलत गर्नेलाई फलामे हातले पछारुन् भनेर दिएका हुन् भन्दै सरकारको कडा आलोचना
गरे ।

सापकोटाले सबै क्षेत्रमा भ्रष्टाचार बहुआयामिक रूपमा रहेको दाबी गरे । भष्टाचार कहाँ छ भनेर नसोध्नुस् कहाँ छैन भनेर सोध्नुस् भन्दै सापकोटाले बालुवाटार, खुलामञ्च, पोखरा, जनकपुर हजारौँ ठाउँमा भ्रष्टाचार भएको खुला छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here