अढाई सय बढी नेता नेकपा छाडेर कांग्रेसमा प्रवेश

163

कपिलवस्तु /  विभिन्न पार्टी परित्याग गरी अढाई सय बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तत्कालीन माओवादीकी संविधानसभा सभासद् इन्द्रवती यादवलाई कांग्रेस महामन्त्री शशांक कोइरालाले स्वागत गरेका छन् ।

नयाँशक्ति पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र तिवारी, मधेसवादी नेता चक्रधारी पाण्डेय, फोरमका अब्दुल रउफ लगायत २ सय ५० बढी नेता कार्यकर्तालाई महामन्त्री कोइरालाले फूलमाला लगाई पार्टीमा प्रवेश गराएका छन् ।

केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिपक गिरी, केन्द्रीय सदस्य एवं सांसद अतहर कमाल , कार्यक्रममा पुर्व मन्त्री दिप कुमार उपाध्याय, अफताव आलम, जिल्ला पार्टी सभापति एवं पुर्व राज्य मन्त्री सुरेन्द्रराज आर्चाय लगायतले वर्तमान सरकारलाई झड्का लागेको संज्ञा दिएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केपी ओली नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा विफल भएको जनाए । दुईतिहाइ सरकारले एक वर्षको दौरानमा माखो पनि मार्न नसकेको भन्दै महामन्त्री कोइरालाले बाँकी ४ पनि केही गर्न नसक्ने दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here