नयाँ शक्ति र फोरमबीच पार्टी एकता, पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’

180

काठमाडौं /  पूर्व माओवादी नेताद्वेय डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच प्रज्ञा भवन कमलादीमा एकता सभा भइरहेको छ ।

मधेस आन्दोलबाट उठेको संघीय समाजवादी फोरम नेपाल र तत्कालीन माओवादीबाट छुट्टिएर र बनेको नयाँ शक्ति नेपालको एकतापछि समाजवादी पार्टी नेपाल बनेको छ । वैकल्पिक शक्ति बन्ने अभियानमा रहेका डा। बाबुराम र तराई मधेसको पहिलो शक्ति बन्ने अभियानमा रहेको फोरमबीचको एकतापछि पार्टी देशभर फैलिने विश्वास दुवै नेताले लिएका छन् । यो एकतापछि डा। भट्टराईलाई तराई–मधेससम्म पुग्ने गतिलो अवसर मिलेको छ। अर्कातिर पहाडमा कमजोर रहेको उपेन्द्र नेतृत्वको फोरमको संगठनमा पनि बाबुराममार्फत् पहाड र हिमालसम्म पुग्ने आधार सहज बनेको छ । यो एकताले सत्तारुढ नेकपालाई धक्का पुग्ने अनुमान गरिएको छ । नेपाली कांग्रेस कमजोर हुँदै गइरहेको र वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी नेपाल उदाएको दाबी स्वयम् नेताहरुबाटै गरिएकाले परिणामको प्रतिक्षा गरिएको छ ।

पार्टी एकीकरणका लागि ९ बुँदे सहमति सार्वजनिक गरिएको छ । सहमति बुँदाको एक नम्बरमै राष्ट्रिय स्वाधीनतालाई समेत महत्व दिइएको छ । सरकारको नागरिकता नीतिबारे टिप्पणी गर्दै वर्तमान सरकारका उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादवले केही दिन अघि विदेशीहरुलाई अंगीकृत नागरिकता दिने प्रावधान खारेज गर्नुपर्ने विचार सार्वजनिक गरेका थिए । उनको यो विचारले वर्तमान सरकारको राष्ट्रघाति नागरिकता नीतिको विरोध गरेको बुझ्न सकिन्छ ।

९ बुँदे सहमति पत्रमा दुई पार्टीको एकताले नेपालमा नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको जनाइएको छ। त्यस्तै समाजवादी पार्टीले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदमा आधारित शासन प्रणाली अपनाउने भनिएको छ।

पार्टीको लक्ष्य नेपाललाई सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, विभेदरहित, धर्मनिरपेक्ष, समृद्ध संघीय गण्तन्त्रात्मक राज्य व्यवस्था स्थापित गर्नु रहेको जनाइएको छ ।

पार्टीमा दुई अध्यक्ष र तीन सय केन्द्रीय सदस्य रहने यस अघि नै सहमति भएको हो ।

९ बुँदे विज्ञप्तीको पूर्ण अंश यस प्रकार छ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here