पुनः वृद्धि भयाे डिजेल, पेट्रोल र मट्टितेलको मूल्य

127

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा मंगलबार रातिदेखि लागू हुने गरी पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले समायोजना गर्नुपरेको भन्दै निगमले फेरि पेट्रोलियममा मूल्य बृद्धि गरेको हो।

नयाँ मूल्यअनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२५ तथा पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ।

एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी प्रतिलिटर ११६ पुर्‍याइएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी १ हजार ९५ अमेरिकी डलर पुर्‍याइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here