पुष्पलाल स्मृति र्‍याङ्किङ राष्ट्रिय ब्याडमिन्टन फागुण ३-७ गतेसम्म हुने

78

काठमाडौं। नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आएको पुष्पलाल स्मृति र्‍याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११औं संस्करण आगामी फागुण ३ देखि ७ गतेसम्म आयोजना हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा २०६७ साल देखि यस प्रतियोगिता हुँदै आएको छ । नखिपोट, ललितपुरमा आयोजना हुने यस संस्करणमा नखिपोट युथ क्लब ९ब्याडमिन्टन सर्कल० पनि संयुक्त आयोजकको रुपमा रहेको छ ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा संघ संग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुसिल र नेपाल एपीएफ क्लब गरी ५० संस्थाका खेलाडीहरुले सहभागीता जनाउने छन् ।

प्रतियोगितामा पुरुष एकल ९राष्ट्रिय वरियतामा १६औं स्थानमा रहेका ०, पुरुष एकल ९१६औ वरियता देखि बाहेकका०, पुरुष युगल ९खुला०, महिला एकल ९राष्ट्रिय वरियतामा १२औं स्थानमा रहेका०, महिला एकल ९१२औं वरियता देखि बाहेकका०, महिला युगल ९खुला०, यू १७ महिला तथा पुरुष एकल ९खुला०, भेट्रान्स ४५ वर्षमाथि र मास्टर्स ५५ वर्षमाथि ९खुला० गरी १० विधामा प्रतिस्पर्धा हुने संघका महासचिव सुनिल मान शाक्यले जानकारी गराएका छन् ।

कुल २१ लख ६० हजार लागत रहको प्रतियोगितामा पुरस्कारतर्फ ५ लाख ९८ हजार खर्च रहेको छ ।

लिग चरणको पुरुष एकल ९राष्ट्रिय वरियतामा १६औं स्थानमा रहेका० र महिला एकल ९१२औं स्थानमा रहेका० तर्फ प्रतिस्पर्धा गर्ने खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाए बापत नगद १ हजार ५ सय प्राप्त गर्ने छन् ।

यस्तै लिग चरणमा विजयी हुने प्रत्येक खेलाडीले थप १ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै क्वाटरफाईनलमा विजयी हुने खेलाडीहरुले थप ८ हजार, सेमिफाईनलमा विजयी खेलाडीले थप १६ हजार प्राप्त गर्ने छन् ।

यसैगरी फाइनलमा विजयी खेलाडीले थप २० हजार र उपविजेता खेलाडीले थप ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै अन्य विधामा पुरुष एकल ९उच्च १६ देखि बाहेक० र महिला एकल ९उच्च १२ देखि बाहेक०, पुरुष तथा महिला युगल, भेट्रान्स युगल ४५ वर्षमाथी र मास्टर्स युगल ५५ वर्षमाथिका विजयीले क्रमशस् प्रथमले २० हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार नगद प्राप्त गर्नेछन् ।

यु १७ पुरुष तथा महिला एकलतर्फ विजयीले क्रमश प्रथमले १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ४ हजार प्राप्त गर्नेछन् । यसका साथे विजयीहरुले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने महासचिव शाक्यले जनाए ।

खेलाडीहरुको बिहानको खानाको व्यवस्था आयोजकले गर्ने समेत महासचिव शाक्यले जानकारी गराए ।

नेपालमा ब्याडमिन्टनको विकास र विस्तार गर्ने क्रममा खेलाडीहरुको वरियता निर्धारण गर्ने र सीमित मात्रामा भए पनि आर्थिक सहयोग होस भन्ने उद्देश्यले प्रतियोगितामा सहभागिता जनाए बापत खेलाडीहरुले नगद प्राप्त गर्ने प्रावधानलाई प्रचलनमा ल्याउने राष्ट्रिय ब्याडमिन्टन संघ पहिलो संस्था हो ।

गतवर्ष भएको १०औं संस्करणको उपाधि प्रिन्स दाहाल र जेसिका गुरुङले जितेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here