हनुमानढोकादेखि स्वयम्भूसम्म सम्पदा पदमार्ग निर्माण गर्ने

197

काठमाडौं– काठमाडौं महानगरपालिकाले दुई क्षेत्रमा सम्पदा पदमार्ग निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७६–७७ का लागि आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरका मेयर विद्यासुन्दर साक्यले दुई ठाउँमा सम्पदा पदमार्ग निर्माण गरिने जनाएका हुन् ।

आगामी आर्थिक वर्षमा हनुमानढोकादेखि स्वयम्भूसम्म पुरातात्विक सम्पदा पदमार्गलाई कार्यान्वयनमा ल्याइने मेयर शाक्यले जनाए । उनले पशुपतिनाथदेखि बौद्धस्तुपासम्म भने हरित सम्पदा पदमार्ग निर्माण गरिने जनाए ।

अन्य सम्पदा पदमार्गहरु निर्माण गर्नका लागि विस्तृत अध्ययको थालनी पनि आगामी आर्थिक वर्षबाटै गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

महानगरले ऐतिहासिक, धार्मिक, पुरातात्विकक महत्वका टोल, बस्ती, मठ, मन्दिर, भाषा, लिपी, रितीरिवाज र अमुर्त सम्पदाको संरक्षण तथा सम्बर्द्धन गर्ने नीति तथा कार्यक्रममा समावेश छ ।

महानगरभित्र रहेका मठमन्दिर, पोखरी तथा संरक्षित क्षेत्रमा वृहत्तर विकास योजना बनाई क्रमबद्ध कार्यान्वयन गर्ने साथै शोभाभगववति क्षेत्रमा सहिद गंगाला श्रेष्ठ र दशरथचन्दको स्मृतिमा सहिदपार्क निर्माण गरिने मेयर शाक्यले जनाए ।

यसैगरी हाँडीगाउँको लिच्छवीकालिन सभ्यताबारे थप विस्तृत अध्ययन अनुसनधान गर्ने पनि उनले जनाए ।

महानगरले नेपाल भाष र नेपाली भाषा प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान गर्ने श्रष्टाहरुका लागि हरेक वर्ष महानगर साहित्य पुरस्कार प्रदान गर्ने समेत नीति बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here