चलचित्र क्षेत्रका २ जोडी आज विवाह बन्धनमा बाँधिदै छन् । निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाइले आज विवाह गर्दैछन् । यसअगाडि नै बिहे हुन लागेको जानकारी दिएका दिवाकर र दीपिकाले केही समय अगाडि मात्र कोर्ट म्यारिज गरेका थिए ।
दिवाकरले नै निर्देशन गरेको चलचित्र ‘ऐश्वर्य’मा काम गरेपछि दीपिका र दिवाकरको प्रेम रहेको चर्चा चलेको थियो ।
यस्तै, आज नै काठमाडौंको एक पार्टी प्यालेसमा कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबराले पनि विवाह गर्दैछन् ।
प्रज्ज्वलको निर्माणमा तयार भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट रेनशाले आफूलाई निर्देशकको रुपमा उभ्याएकि थिइन् ।


















