दुई जना पत्रकारलाई ‘वरिष्ठ पत्रकारिता पुरस्कार’

297

काठमाडौं / आज राष्ट्रिय पत्रकारिता दिवस । सञ्चार तथा सूचना मन्त्ररालयले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आठ जना पत्रकारहरुलाई सम्मान गर्ने भएको छ ।

हरेक वर्ष दुई जना पत्रकारलाई वरिष्ठ पत्रकारिता, संस्था वा व्यक्ति दुई जनासम्मलाई राष्ट्रिय पत्रकारिता पुरस्कारले सम्मान गर्दै आएको सञ्चार तथा सूचना मन्त्ररालयले यो वर्षदेखि ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्न लागेको हो ।

आज दिउँँसो ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्र गुरुङको संयोजकत्वमा गठित सिफारिस समितिले आठ जना पत्रकारलाई सिफारिस गरेबमोजिम पुरस्कृत गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जनाएको छ ।

पुरस्कृत हुने आठ पत्रकार मध्ये वरिष्ठ पत्रकारिता पुरस्कारबाट बद्रीबिनोद प्रतिक र तीर्थ कोइराला सम्मानित हुँदैछन् । त्यस्तै राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकारहरुमा आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष तथा नेपालश्री मल्टिमिडिया प्रा।लि।का अध्यक्ष एवं नागरिक खबर डटकमका प्रधान सम्पादक डण्ड गुरुङ, उमिद वागचन्द महाकाली, माधब बिद्रोही मेची, निर्मला शर्मा, माला कर्ण र खिलबहादुर भण्डारी रहेका छन् ।

पुरस्कृत हुने वरिष्ठ पत्रकारले रु २ लाख नगद र प्रमाण पत्र, राष्ट्रिय पत्रकारिता पुरस्कार पाउने ६ जनाले जनही  एक/एक लाखका दरले नगद पुरस्कार प्रमाण पत्र पाउने छन् ।

पुरस्कार सिफारिस समितिमा संचार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्र गुरुङ संयोजक, सदस्यहरुमा किशोर श्रेष्ठ, गोबिन्द आचार्य, बबिता बस्नेत, महेन्द्र विष्ट र राजेश अहिराज रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here