नो ड्रग्स कालाखोला….

255

शरद रेग्मी
तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका—७ अन्तर्गतका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थिहरु, टोल विकाश संस्थाका प्रतिनिधिहरु तथा अभिभावकहरुले ‘से नो ड्रग्स’को प्रतिवद्धता व्यक्त गरेका छन् ।

कालाखोलामा आयोजना गरिएको एक अन्तरक्रिया तथा सचेतनामुलक प्रशिक्षण कार्यक्रमपछि उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
लागुऔषध दुव्र्यसन मुक्त समृद्ध समाज निर्माणको अभियानलाइ साकार पार्न यस्तो सामुहिक प्रतिवद्धता व्यक्त गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका—७ को सहयोग तथा रिपोटर्श क्लव नेपाल दाङको आयोजनामा सम्पन्न एक दिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सभ्य र
समृद्ध नागरीकबाट मात्र सभ्य र समृद्ध नगरको परीकल्पना संभव हुने भन्दै लागुऔषधको कुलतबाट जोगाउने अभियानमा लाग्न विद्यार्थिहरुलाइ आग्रह गरे ।

लागुऔषध दुव्र्यसन र मादक पदार्थको सेवन अहिले विश्वमै सवैभन्दा ठुलो चुनौति रहेको भन्दै यसबाट जोगिन हरेक नागरीकहरुले स्वमुल्यांकन र आत्मसमिक्षालाइ स्वीकार गर्नुपर्ने सुझाव दिए । साथै यस्तो अभियानमा उपमहानगरपालिकाको पनि निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि तथा पांच नंवर प्रदेश प्रहरी प्रमुख डिआइजि पिताम्वर अधिकारीले घरेलु हिंसा, यौनजन्य अपराध, सडक दुर्घटना, आत्महत्या तथा हरेक प्रबृत्तिका अपराधहरु लगुऔषध दुव्यसनीकै कारण हुने भएको जनाउंदै यस्तो कुलतमा नलाग्न हरेक समुदायमा जागरण ल्याउनुपर्ने जनाए । यसमा पनि विद्यार्थिहरुको अहम भुमिका रहेको स्पष्ट पारे ।

‘लागुऔषध दुव्र्यसनीहरु मध्ये कम्तिमा ८० प्रतिसत व्यक्तिहरुले १५ बर्षकै उमेरमा कुलतमा प्रवेश गर्ने गरेका छन्, यसैले विद्यालयमा अध्ययनरत विद्यार्थिहरु यसबाट वेलैमा जोगिन आवश्यक छ’, डिआइजि अधिकारीले भने, ट्राइ टेस्ट र त्यसपछि हेविटमा परीणत हुने प्रबृत्तिलाइ विशेष ध्यान दिनुपर्छ । लागु औषध ट्राइ गर्ने अवस्था कतिवेला आउंछ भन्नेमा अत्यन्तै सम्वेदनशिल हुन पनि उनले विद्यार्थि तथा अभिभावकहरुलाइ आग्रह गरे ।

सो अवसरमा वडा नंवर ७ का अध्यक्ष टोप वहादुर केसी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत आनन्द शारु, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको एक दिने प्रशिक्षण कार्यक्रममा लागु औषध दुव्र्यशनी विरुद्ध कानुनी कारवाहिको अवस्थाका विषयमा वरीष्ठ अधिवक्ता डिल्लीराज धिताल, लागु औषधको दुव्र्यसनीमा फसीसकेपछि त्यसबाट मुक्ति पाउने विषयमा नयांपाइला पुर्नस्थापन केन्द्रका प्रवन्ध निर्देशक सुरेश भुषाल र लागुऔषध दुव्र्यसनीलाइ कानुनी कारवाहिका विषयमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि प्रेम शाहीले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा वडामा रहेका ९ वटा विद्यालयका कम्तिमा एक सय जना प्रशिक्षार्थिको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रमको सहजीकरण क्लवका सचिव विमल गौतमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here