काठमाडौँ- काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको जनाउँदै उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन् ।
बौद्धवासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । उनीहरुले बिहान शंख बजार सरकारको सांकेतिक विरोध गर्दै सडक अबरूद्ध पारेका थिए ।
प्रदर्शनकारीले सडकमा टायर समेत बालेका थिए ।


















