शिवले गाए परदेशीको पिडा बोकेको मार्मिक गीत ‘परदेशी आउ है फर्केर’ (भिडियो)

381

‘किन दुख्छ ‘ ‘चाहे माया गर’ ‘जय नेपाल’ जस्ता चर्चित गीतका गायक शिव लामिछाने सिवाजको नयाँ गीत ‘परदेशी आउ है फर्केर’ रिलिज भएको छ।

नेपालीहरुले विदेश बस्दा भोग्ने पिडा र दुख गीतको भिडियोमा देखाइएको छ। धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका नेपाली जो आफन्त र प्रीय मान्छेलाई सम्झिदै बसेका हुन्छन् उनीहरु प्रति समर्पित गर्दै विश्व श्रमिक दिवसका दिन गीतको भिडियो सार्वजनिक गरिएको हो।

यस गीत स्वर , शब्द र संगीत गायक शिव लामिछानेको रहेको छ भने एरेन्जमेन्ट सुरज बिकले गरेका हुन। विवेक खड्काले खिचेको भिडियोमा जीवन , सुनिता , सुक्मित र रोजिनाको अभिनय रहेको छ। प्रविन श्रेष्ठले भिडियो सम्पादन गरेका हुन। कसम नेपालको कन्स्पेट र निर्देशनमा भिडियो तयार भएको हो।

गायक लामिछाने द अर्थ ब्यान्डका भोकलिस्ट , कृपा फाउन्डेसनका अध्यक्ष तथा बराह जवेलरी इन्डस्ट्रीजका अध्यक्ष समेत हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here