११ विद्यार्थी संगठनको पत्रकार सम्मेलनमा प्रहरी हस्तक्षेप, बिद्यार्थी नेता पक्राउ

257

काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले आज गिरफ्तार गरेको छ। आज आयोजित ११ विद्यार्थी संगठनको संयुक्त पत्रकार सम्मेलनस्थलबाटै ढकाललाई प्रहरीले गिरफ्तार गरेको हो ।

महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले उनलाई गिरफ्तार गरेको पुष्टि गरेका छन् । ढकाललाई महानगरिय प्रहरी परिसर काठमाडौंमा राखिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here