यसरी फसाईयो फणीन्द्र नेपाललाई, २ लाख धरौटीमा रिहा (प्रमाण सहित)

572
काठमाडौं / ईडन पब्लिक स्कुलका घरबेटी नरेश कुमार न्यौपानेले चेक दुरुपयोग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाललाई बैकिङ्ग कसुर मुद्दामा फसाएको प्रमाणले देखाएका छ । घरबेटी न्यौपानेले स्कुलसित गरेको करारलाई फणीन्द्र नेपालसित गरेको भनी जाहेरीमा नै झुठो विवरण लेखेका थिए । जबकी कानुनी रूपमा स्कुलमा नेपालको कुनै हैसियत नै थिएन ।
स्कुलका घरबेटी न्यौपानेको जाहेरीले महानगरीय प्रहरी परिसरमा रहेका नेपाल गत शुक्रबार वैशाख २७ गते उच्च अदालत पाटनले माग गरेको २ लाख धरौटी दाखिला गरि रिहा भएका हुन् ।

स्कुलका घरबेटी न्यौपानेले नेपालसित गत मङ्सिर २१ गते भुक्तानी हुने गरी धरौटीको रूपमा ६ लाख बराबरको नेपाल बैंक लि. को चेक लिएका थिए ।

नेपालकी श्रीमती रोहिका नेपालद्वारा संचालित ईडन पब्लिक स्कुलको भाडा लिन घरबेटी न्यौपाने स्कुलमा पुगेका थिए । स्कुलको सबै कारोबार श्रीमतीले नै गर्ने र त्यती बेला श्रीमती रोहिका उपत्यका बाहिर गएकी हुँदा रकम भुक्तानी हुने दिनकै चेक लेखी नेपालले न्यौपानेलाई दिएका थिए।

मंसिर २१ गते नै घरबेटी न्यौपानेले ६ लाख रुपैयाँ बुझी का।म।न।पा वडा नं. ७ का सदस्य कृष्णमणि भट्टराईको रोहवरमा भरपाई समेत गरेका थिए । रकम बुझीसके पश्चात पनि चेक फिर्ता नगरेपछि नेपालले मौखिक र स्कुलले समेत पत्र लेखी चेक फिर्ताको अनुरोध गरेको थियो । तर एकाएक न्यौपानेले रकम लिई भरपाई समेत गरिसकेको अवस्थामा प्रहरीमा जाहेरी दिएका थिए ।

नेपालका तर्फबाट बहस गरेका अधिवक्ता सुजित के.सी, अधिवक्ता मनोहर लामिछाने, अधिवक्ता सागर बहादुर के.सी, अधिवक्ता राजेश बटाला समेतले जाहेरीवाला न्यौपानेले चेकको दुरुपयोग गर्दै जाहेरी दिएको बताएका थिए ।

उच्च अदालत पाटनका माननीय न्यायाधीश रमेश कुमार पोखरेल र अच्युतप्रसाद भण्डारीको ईजालाशबाट २ लाख धरौटी मागको आदेश भएकोमा धरौटी दाखिला गरि नेपाल तारेखमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here