भारतले सडक बनाउँदा नेपालमा क्षति

483

दार्चुला – दार्चुलाको उत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ। भारतीय पक्षले आफ्नोतर्फ महाकाली नदी किनारैकिनार सडक निर्माण गर्दा नेपालतर्फको बाटोमा क्षति पुगेको हो।

सडक निर्माणमा भारतीय पक्षले जिलेटिन प्रयोग गरिरहेको छ। विस्फोटले ठूल्ठूला ढुंगा महाकाली नदीमा खसेर नदीको बहावसमेत रोकिएको छ।

विस्फोटका कारण महाकाली नदीमा खसेका ठूल्ठूला ढुंगाले घाटिबगड क्षेत्रमा कृत्रिम ताल बनेको व्याँस गाउँपालिका–१ का दानसिंह तिंकरीले बताए। तिंकरीका अनुसार व्याँस गाउँपालिका–२, तम्बाकुदेखि माथि बुँदीसम्मको पैदलमार्ग ठाउँ–ठाउँमा क्षतिग्रस्त भएको छ।

विस्फोट गराएर पहाड फुटाउँदा खसेको ढुंगामाटोले करिब १० किलोमिटर क्षेत्रको ठाउँठाउँमा महाकाली नदीको बहाव अवरुद्ध भई नेपालतर्फको बाटोमा क्षति पुगेको व्याँस गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिंह बोहोराले जनाएको छ। नागरिक दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here