मेकानिकको करेन्ट लागेर मृत्यु

133

पाँचथर / पाँचथर र ताप्लेजुङको सिमा भएर बग्ने काबेली खोलामा निर्माणधीन काबेली ‘बी’ वान जलविद्युत आयोजनामा कार्यरत मेकानिकको करेन्ट लागेर ज्यान गएको छ । पाल्पा घर भएका मेकानिक सञ्जय श्रेष्ठको सोमबार दिउँसो करेन्ट लागेर मृत्यु भएको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी भयो । ११ हजार भोल्टेज करेन्ट प्रवाह भइरहेको तारमा हुक गर्ने क्रममा करेन्ट लागेर श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । श्रेष्ठको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here