काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । भियतनाम र कम्बोडियाको भ्रमण सकेर ओली आज स्वदेश फर्किने भएका हुन् ।
भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली वैशाख २६ गते त्यसतर्फ गएका थिए।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली साँझ स्वदेश आइपुग्दैछन् । ओलीले नेपालमा राजनीतिक स्थिरता र नीतिगत स्पष्ट भएकाले लगानी गर्न उपयुक्त वातावरण रहेको भन्दै लगानीकर्तालाई लगानी गर्न आह्वन गरेका छन् ।


















