ह्विलचियर क्रिकेट आजदेखि सुरु

210

काठमाडौँ- नेपाल ह्विलचियर किकेट संघको आयोजनामा विश्वमै पहिलोपल्ट एसिया कप ट्वान्टी–२० ह्विलचियर क्रिकेट बुधबार सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबारदेखि जेठ ४ सम्म चल्ने एसिया कपमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका राष्ट्रिय टिमले भाग लिने छन् ।

बुधबार नेपाल–भारतबीच खेल विहान ९ बजे सुरु हुनेछ । दोस्रो खेलमा बंगलादेश–पाकिस्तानको दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । क्रिकेटको अन्तर्राष्ट्रिय नियमअनुसार खेलाइने भए पनि बाउन्ड्री ५० मिटर र पिच १८ यार्डको हुनेछ । चार टोलीले एकअर्कासँग खेल्नेछन् ।

लिग चरणबाट शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आयोजक संघले मंगलबार पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सबै सहभागी देशको टोली काठमाडौं आइसकेको आयोजक संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जनाए । प्रतियोगिताको १ करोड रुपैयाँ बजेट अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here