बिहेको तयारी गरिरहेकी निशा मृत अवस्थामा फेला

587

काठमाडौं / धुमधामले घरमा बिहेको तयारीमा रहेकी निशा मृत अवस्थामा फेला परेकी छिन् । खाना खाएर सुत्न गएकी १९ वर्षीया निशाको शव खेतको सुख्खा कुलोमा वेवारिसे अवस्थामा भेटिएको हो ।

रुपेन्देहीको गौडहवा गाँपालिका–६ साँडीको भुझौली भन्ने ठाउँमा बिहेको तयारीमा रहेकी निशा मृत अवस्थामा भेटिएपछि रुपन्देही प्रहरीले घटना गम्भीर प्रकृतिको भएको कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको जनाएका छन्।

छोरीको विहे यो महिनामा हुन लागेको थियो तर अहिले यस्तो घटना घट्यो’ मृतकका बुबा महोम्मदले रुँदै भने । मृतक निशाका वुवाका अनुसार सोमबार राती खाना खाएपछि छोरी सुत्न गएको र राती आमाले उनको विस्तारामा हेर्दा विस्तारामा नभएपछि खोजि कार्यमा जुटेको जनाएका थिए ।

मृतक निशालाई पोष्टमार्टका लागि त्रिवि टिचिङ अस्पताल महाराजगंञ्ज काठमाडौँ पठाइएको छ भने घटना स्थलबाट प्रहरीले शंकाको आधारमा एक युवकलाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here