इतिहासविद्, संस्कृतिविद्, बौद्ध अभियन्ता तथा वामपन्थी नेता विपेन्द्र महर्जनको निधन

266

काठमाडौं / इतिहासविद्, संस्कृतिविद्, बौद्ध अभियन्ता तथा वामपन्थी नेता विपेन्द्र महर्जनको गए राती निधन भएको
छ ।

ज्यापू महागुथिको संस्थापक अध्यक्षका साथै मार्क्सवादी चिन्तक विपेन्द्र महर्जन ८३ बर्षको उमेरमा बुद्धबार करिब ७ः३० बजे दम तथा पिसाव सम्बन्धी रोगबाट मृत्यु भएको हो । ज्यापू महागुथिको अध्यक्षको जिम्मेवारी लिई ज्यापू जातिको नेतृत्व गर्नुका साथै उहाँ वामपन्थी नेता पनि हुनुहुन्छ ।

वि. सं. २०६४ सालको चुनावमा काठमाडौं ५ न क्षेत्रबाट तत्कालीन नेकपा माओबादी पार्टी तर्फबाट संबिधानसभाको सांसद पदमा उठ्नु भएको थियो ।

उनका बुद्ध उपदेश र नेपाली समाजका कथा, नेपाल भाषाको ‘नेपाः व नेवाः समाज छगूविवेचना’, ‘मां पितब्यूम्ह काय्’ (नौ वटा संग्रहित कथा) लगायतका पुस्तक प्रकाशित भएका छन् भने नेपाली ऐतिहासिक पुस्तक ‘‘इतिहासबाट सिक्दै क्रान्तिमा’ अप्रकाशित रहेका छन् । समाज सुधारक तथा प्रगतिशिल बिचारधाराका ब्यक्तित्व बिपेन्द्र महर्जनको तीन छोरा दुइ छोरीहरु छन् ।

वि.सं. २०२८ सालतिर प्रकाशित भएको दृष्टिकोण मासिक साहित्यका सम्पादक समेत रहनु भएका महर्जन विगत लामो समय देखि राज्य स्तरबाट शोषित उत्पीडितमा पारेका नेपाली तथा आदिबासी जनताहरुको आवाज बुलन्द बनाउनका विभिन्न संस्कृति, साहित्य र इतिहास सम्बन्धि सुक्ष्म अध्ययन अध्ययनका साथै  अनुसन्धानात्मक लेखहरु विभिन्न पत्र पत्रिकामा प्रकाशन गर्दै आउनु भएको थियो । आदिवासी, जनजातीहरुको साँस्कृतिक क्षेत्रमा आएको विचलन र बिकृतिका विषयमा उहाँले सय भन्दा धेरै लेखहरु प्रकाशन गरिसक्नु भएको छ ।                 रिदेन महर्जन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here