माछा खानुको अनेक फाइदा

651

मान्छे मांसहारी हुनु राम्रो कि शाकाहारी ? यो विवाद निक्कै लामो समयदेखि चल्दै आएको छ र भविष्यमा पनि चलिनै रहनेछ । तर मांसहारीहरुको लागि खुसीको कुरा के छ भने, माछा खानु स्वास्थ्यको लागि निक्कै राम्रो हुनेबारे नयाँ नयाँ तथ्यहरु विभिन्न वैज्ञानिक अनुसन्धानहरुबाट पत्ता लाग्दै आएका छन् । यसै क्रममा पछिल्लो चरणमा के पनि पत्ता लागेको छ भने, माछा खाने गर्‍यो भने त्यसले हाम्रो मुड बिग्रनबाट समेत बचाउने गर्छ ।

माछाः ओमेगा ३ एसिडको प्रमुख स्रोत

त्यसरी माछा खानु स्वास्थ्यको लागि फाइदाजनक हुनुको एउटा प्रमुख कारण माछामा पाइने ओमेगा–३  (Omega-3) नामाकरण गरिएको बोसोयुक्त एसिड नै हो ।

ओमेगा–३ हाम्रो शरीरमा भएका सम्पूर्ण कोषहरुको झिल्लीको निर्माण र गतिविधिहरुमा सक्रिय हिस्सा रहने एउटा प्रमुख अणु हो । विशेष गरेर माछाको तेलमा पर्याप्त मात्रामा पाइने ओमेगा–३ का अणुहरुको समूहलाई DHA भनिन्छ । विशेष गरेर ओमेगा–३ ले मस्तिष्क र आँखाको रेटिनाका स्नायुतन्त्रिकाहरुको निर्माण र गतिविधिहरुमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ । शरीरका कुनै पनि तन्तुहरुको निर्माण, विकास र बृद्धि हुनमा ओमेगा ३ एसिडको अनिवार्य आवश्यकता पर्छ ।

आमाको गर्भमा छँदा पहिलो ३ महिनासम्म बच्चाको मस्तिष्क र आँखाका अंगहरु निर्माण र विकासमा ओमेगा–३ को अनिवार्य आवश्यकता पर्ने गर्छ । त्यसपछि पनि हामी बाँचुञ्जेलसम्म पनि यस एसिडले जीवनका प्रत्येक क्षणमा हाम्रो शरीरको विकास गर्न रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा निश्चित प्रकारका रोगहरु र संक्रमणबाट जोगाउन प्रभावकारी काम गरिरहेको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here