राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यूलाई यो भाषण सुन्न फूर्सद मिल्ला ?

479

काठमाडौं / आज जेठ ३ गते । २६ वर्षअघि २०५० सालको  जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रित दासढुङ्गा जीप दुर्घटनामा मारिएको दिन हो । जीप दुर्घटनाको प्रत्यक्ष साक्षी रहेका चालक अमर लामालाई समेत गोली हानेर रहस्यमय ढङ्गबाट मारियो । दुर्घटना भनिएको रहस्यमय हत्याकाण्ड अब अनुसन्धान गर्ने आधार समाप्त भएको छ । परन्तु मदन भण्डारीले देखेको सपना पुरा भएको छ । देशमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार निर्माण भएको छ ।

मदन जीवित छँदा रहेको राजसंस्था अब इतिहासको विषय बनिसकेको छ । तर मदनले भनेझैं राजसंस्थाको सामन्तवादी संस्कार समाप्त भएको छैन । स्वयम् मदनकी पत्नी देशको राष्ट्रपति भएको अवस्था छ । तर राष्ट्रपतिमा नै राजसंस्थाको सामन्तवादी चरित्र अवलम्वन गर्ने अनौठो रुचि देखिएको छ । यो अवस्थाले मदन भण्डारीको विचार सामान्तवाद विरुद्ध रहेको भएपनि उनको पार्टीको नेतृत्व पंक्ति सामन्तवादी धङ्धङी मात्र नभएर साम्राज्यवाद र विस्तारवादको पुच्छर बन्ने चरित्रको समेत विकास भएको देखिन्छ । मदन भण्डारीले राजसंस्था नरहेपनि सामन्तवादी संस्कार रहेसम्म जनतालाई परिवर्तनको कुनै आभाष नहुने विचार व्यक्त गर्नुभएको थियो । तर आज मदनले भनेकै विपरीतको संस्कार सत्तामा पुगेका कम्युनिष्टहरुमा देखा परिरहेको छ ।

 मदन भण्डारीका उत्तराधिकारी सत्तासीन पार्टीका नेताहरुले सामन्तवादी संस्कारबाट सरकार र सरकारमा रहेका नेताहरु मुक्त भएको सन्देश प्रवाह गर्न सकुन् । विलासी जीवनबाट आफूहरु माथि उठेको र सादा जीवन व्यतित गर्ने प्रतिबद्धता जाहेर गर्न सकुन् र देशलाई आत्मनिर्भर बनाउन देशमा रहेका जलसम्पदाको सदुपयोग देशकै लागि गर्ने प्रतिबद्धता जनाउन सकुन् । शिक्षा, स्वास्थ्य र रोजगारीका निम्ति नेपाली जनतालाई महंगो मूल्य तिर्नु नपर्ने कसरी बनाउन सकिन्छ भन्ने सोच्न र कार्यान्वयन गर्न सक्ने अवस्थामा नेताहरु पुगुन् । यस्तै प्रतिबद्धता जनाएर मदन मण्डारी र जीवराज आश्रितप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्ने चेत नेताहरुमा पलाओस् !

यो भाषण राष्टपतिज्यू र प्रधनमन्त्रीज्यूलाई सुन्न फूर्सद मिल्ला ? सत्तामा रहेका कम्युनिष्ट नेताहरुलाई एक पटक फूर्सद निकालेर मदन भण्डारीले बोल्नु भएको मन्तव्य ध्यानपुर्वक सुन्न अनुकुलता मिलोस् भनेर यो भिडियो समाचारसंगै समावेश गरिएको छ । (मदन भण्डारीको भाषणको भिडियोसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here