काठमाडौं- धादिङलाई केन्द्रविन्दु बनाएर शुक्रबार दिउँसो भूकम्प गएको छ। दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो ।
धादिङको नलाङ आसपास केन्द्र बिन्दु बनाएर दिउँसो २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केटलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्र लैनचौरले जनाएको छ। भूकम्पको धक्का धादिङ आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो।
यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ।


















