कोम्पनीले म्यानचेस्टर सिटी छोड्ने

115

म्यानचेस्टर सिटीलाई कीर्तिमानी उपाधि दिलाएका कप्तान भिन्सेन्ट कोम्पनीले क्लब छोड्ने भएको छ । शनिबार राति म्यानचेस्टर सिटीलाई एफए कपको उपाधि दिलाएका कप्तान कोम्पनीले क्लब छाडेका हुन् । सन् २००८ देखि २०१९ सम्म सिटीमा आवद्ध बेल्जियमका सेन्टर ब्याक कोम्पनी अब कता जाने छन् भन्ने विषय खुलेको छैन । म्यानचेस्टर सिटीले शनिबार राति एफएकपको फाइनलमा वाटफोर्डलाई ६–० गोलको जित हात पार्दै उपाधि जितेको थियो । यो उपाधि जितेसँगै एकै सिजनमा सिटीले प्रिमियर लिग, एफए कप र काराबाओ कप गरी तीन वटा प्रतियोगिताको उपाधि जित्दै रेकर्ड राखेको थियो ।

३३ वर्षीय कोम्पनीले म्यान्चेस्टर सिटीलाई चार प्रिमियर लिग, दुई एफए कप र चार लिग कपको उपाधि जित दिलाएका थिए । उनले ३६० खेलबाट क्लबका लागि २० गोल गरेका छन् । क्लब छाड्ने घोषणा गर्दै कोम्पनीले, ‘मेरो जाने समय आएको छ । म सबैप्रति आभारी छु कि जसले मलाई यो क्लबमा स्थान दियो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here