‘फुलेर फुल’ ‘ तिम्रो हातमा’ जस्ता गीतका गायक प्रनिम राईले आफ्नो नयाँ गीत ‘ सुनसान रातमा’ सार्वजनिक गरेका छन् ।
हाल अमेरिका रहेका गायक प्रनिमले आफ्नो बेस्त समयको बावजुद पनि गीत संगीतमा निरन्तर अघि बढी रहेका छन् ।
सेन्टिमेन्टल पप भर्सनको ‘सुनसान रातमा’ बोलको गीतमा शब्द र संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ भने स्वर प्रनिम राईको रहेको छ। गीतको एरेन्ज्मेन्ट मोहित मुनालले गरेका हुन। गीतको भिडियोमा प्रियंका कार्की , निराजन प्रधान र बालकलाकार आर्सिनाको अभिनय रहेको छ।
नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन । गम्भीर बिस्टको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो।


















