आँखा तेजिलो बनाउने उपाय ! आजैदेखि खानुहोस यी खानेकुरा :

431

आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ ।

प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस  घरमै पाइने यी  खानेकुराबाट

हरियो तरकारी : हरियो सागसब्जीमा पाइने भिटामिन लगायतका पोषकतत्वले आँखाको ज्योती राम्रो बनाउन सहयोग गर्छ।

जिरा : जिरा र मिस्री बराबर मात्रामा लिएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग दिनहुँ खाने ।

सुकुमेल : तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहुँ पिउने ।

अमला : अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ ।

ग्रिन टी : दिनमा दुईतीन कप ग्रिन टी पिउनाले यसमा भएको एन्टिअक्सिडेन्टले आँखा तेजिलो बनाउँछ ।

सुप : एक चम्चा सुप, दुईवटा हाडेबदाम र आधा चम्चा मिस्रीलाई राम्रोसँग पिसेर राति सुत्नुअघि एक ग्लास दूधसँग पिउने गर्नुपर्छ ।

हाडेबादाम : राति छसातवटा हाडेबदाम पानीमा भिजाउने र बिहान खाने गर्नाले आँखाको पावर ठीक हुँदै जान्छ ।

तोरीको तेल : राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहुँ मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here