कार्यालयमा तनाव भए आजैदेखि यस्तो गर्नुहोस् ….

656

मानिसले आफ्नो दैनिक जीवन सञ्चालनको लागि रोजगार, व्यवसाय जस्ता कार्यक्षेत्रमा समय बिताइरहेका हुन्छन्। हिजो आज कर्मचारीहरुमा डिप्रेसन, एन्जाइटी, तनाव जस्ता मानसिक समस्याहरु पाइएको छ। कार्यालयको तनावले गर्दा हाम्रो स्वास्थ्यमा नराम्रो प्रभाव पर्छ । शरीरमा शिथिलता, अनिद्रा, मुडमा असन्तुलन, बिना कारण डर लाग्ने, मनमा नकरात्मक कुरा आउने गर्छ।

कार्यालय तनावलाई कम गर्ने केहि उपाय जसले राहत दिन्छ ।

१) कामको बीचमा आराम लिनेः अफिसमा लगातार काम नगर्नुस् । बीचबीचमा ब्रेक लिने र हिँडडुल गर्नुपर्छ । त्यसबाहेक रिल्याक्स हुनका लागि सिधै केहि समय कर्सीबाट उठेर हाथ चलाउने र आँखालाई पनि आराम दिने । काम गर्ने समय अफिसमा आफ्नो सहकर्मी सँग बीचबीचमा कुरा गर्ने ।

२) कामको सूची तयार गर्नेः अफिसमा दिनभर के के काम गर्ने त्यसको सूचि बनाउनुस् । यसले काममा लाग्ने समय पत्ता लगाउन सकिन्छ र समय व्यवस्थापन हुन सक्छ । त्यसबाहेक हरेक काममा समान समय दिन सकिन्छ । यसले धेरै हदसम्म तनाव कम हुन सक्छ ।

३) एक पटकमा एक मात्र काम गर्नेः अफिसमा एक पटकमा एक मात्र काम गर्नु पर्छ । प्रायः ले काम गर्दा दिनभर नै काम गर्ने वा दिनभर काम गरिरहनु पर्छ भनेर सोच्ने गर्छन् । त्यस्तो अवस्थामा झन् तनाव बढ्न सक्छ । त्यसकारण पहिले आवश्यक काम सकाउनुपर्छ । यसले तपाईंलाई राहत हुन्छ ।

४) काममा ध्यान दिनेः अफिसमा काम गर्ने समय विभिन्न प्रकारले काममा डिस्टर्र्बेन्स हुन सक्छ । जसमा फोन आउने, इमेल आउने हुन सक्छ । यसलाई पटकपटक चेक गर्नाले पनि तनाव बढ्न सक्छ । तपाईंले त्यसका लागि पनि समय मिलाउनुस् र आवश्यक फोनको जवाफ दिने र मेलको जवाफ दिनु पर्छ । जसले गर्दा तपाईं आफ्नो काममा केन्द्रित हुन सक्नुहुन्छ र तनाव पनि कम गर्न सक्नुहुन्छ ।

५) दिनचर्यामाथि ध्यान दिनेः अफिसको तनावलाई तपाईं अफिसभन्दा बाहिर रहेर पनि कम गर्न सक्नुहुन्छ । त्यसका लागि तपाईं दिनहुँ वाकिंगमा जाने र योग गर्नुहोस । त्यसबाहेक दिनहुँ सकिन्छ भने स्विमिगं गर्नुहोस् । स्विमिंगले शरीरमा रगतको सर्कुलेशन सही बनाउँछ र तनाव कम हुन्छ ।

६) पर्याप्त निद्रास् प्रायः जसो देख्न सकिन्छ कि अफिसको तनावका कारण व्यक्तिलाई राति निद्रा आउदैन । यसले तपाईंको तनाव झन् बढि हुन्छ । साथै बिरामी हुने सम्भावना पनि बढ्छ । त्यसकारण निद्रा पर्याप्त मात्रामा लिनु पर्छ । जसले तनाव पनि कम हुन्छ ।

(अमेरिकाको कम्युनिटि सर्वे र हार्वड तथा स्ट्यान्फोर्डले गरेको अध्ययनमा आधारित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here