बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

189

काठमाडौँ– बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् ।

देहीमाडौँबाट गिरेगडा जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जिप आइतबार दिउँसो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृत्यु हुनेमा बाराकोटका ४५ वर्षीय हिराबल्लभ भट्ट र सोही ठाउँकी अन्दाजी ६५ वर्षीय नरुली भट्ट रहेका छन् । एकजनाको सनाखत नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिपका चालक पनि गम्भीर घाइते भएकोले कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here