काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ६० हजार २ सय मा कारोबार भएको छापावाल सुनको मुल्य आइतबार तोलामा २ सय रुपैयाँले घटेर ६० हजारमा कारोबार भइरहेको हो ।
यस्तै तेजावी सुन तोलामा ५९ हजार ७ सय मा कारोबार भइरहेको छ । चाँदी भने तोलामा ७ सय १० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।


















