विश्वकप विजेता कप्तान मोर्गनले सन्न्यास लिए

49

काठमाडौँ  ।  इंग्ल्यान्डका पूर्वकप्तान इओन मोर्गनले सोमबार सबै खाले क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । डब्लिनमा जन्मेका ३६ वर्षीय मोर्गनले जुनमा अन्तर्राष्ट्रिय त्रिकेट नखेल्ने जनाएका थिए ।

उनकै नेतृत्वमा इंग्ल्यान्डले सन् २०१९ को वान डे विश्वकप जितेको थियो । फाइल तस्बिर : रोयटर्स यस्तै उनी कप्तान रहेकै बेला इंग्ल्यान्ड वान डे र ट्वान्टी-२० दुवै क्रिकेटको शीर्ष वरीयतामा पुगेको थियो ।

सन्न्यासको घोषणा गर्दै मोर्गनले धेरै सोचविचार पनि आफू आफ्नो खेल जीवनमा पूर्णविराम लगाउने निर्णयमा पुगेको बताएका छन् । उनी वान डे क्रिकेटमा इंग्ल्यान्डका लागि सर्वाधिक ६ हजार ९ सय ५७ रन बनाउन खेलाडी हुन् । उनले आफ्नो खेल जीवनको सुरुमा आयरल्यान्डका लागि पनि खेलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here