करेन्ट लागेर दुई जनाको मृत्यु

37

काठमाडौं । ललितपुर, बाग्मती गाउँपालिका-६ आश्राङ बस्ने २१ वर्षीय सबिन विकको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।

गोदावारी नगरपालिका-११ प्याङगाउ चौरमा बा.४ ख २९४३ नम्बरको गाडीमा फलामको डण्डी लोड गर्ने क्रममा विजुलीको मेन लाइनमा छुन जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

धनुषाकाे हंसपुर नगरपालिका-५ बस्ने ६० वर्षीय कारी राईनको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा सिंचाईको लागि लगिएको विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here