फोनिज काठमाडौं शाखाको साधारणसभा सम्पन्न

257

काठमाडौं / आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काठमाडौं शाखाले आफ्नो पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

शनिबार आयोजित साधारणसभामा प्रमुख अतिथि समीर बलामीले फोनिज काठमाडौं शाखालाई नयाँ कार्य योजनाका साथ अगाडि बढ्न मार्गदर्शन गर्दै फोनिजको चुनौती समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Image may contain: 5 people, including Buddha Yonjan and Rajya Laxmi, people standing and indoorशाखाका सचिव रोजिना लामाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शाखाको सदस्य विस्तार तथा नयाँ कार्ययोजना उल्लेख गर्नुभयो ।

शाखाका कोषाध्यक्ष निशा तामङले आव ०७४–०७५ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शाखाको आर्थिक गतिविधिबारे जानकारी दिनुभयो ।

साधारण सभाले रिक्त रहेको उपाध्यक्ष र सहसचिव पदमा  श्याम नापितलाई उपाध्यक्षमा चयन गरेको छ भने राम मगरलाई सहसचिवमा चयन गरेको छ । कार्यसमिति सदस्यहरुमा नयाँ सदस्यहरु शैलेश डंगोल, राज्नी श्रेष्ठ, सरु श्रेष्ठ र यशोदा भुजेललाई निर्वाचित गरेको छ ।Image may contain: 3 people, including Rajya Laxmi and Shyam Napit, people standing

अध्यक्ष राज्यलक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश इन्चार्ज समीर बलामी साथै विशेष अतिथि फोनिज संघीयबाट कोषध्यक्ष अमरध्वज लामा, प्रदेश ३ का अध्यक्ष पेमा लामा साथै ललितपुर जिल्लाका अध्यक्षको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here