अमेरिका र बेलायत सहितका सैनिक डिआरईईका लागि पोखरामा

298

काठमाडौ, अमेरिका र बेलायत सहितका विभन्न मुलुका सैनिकहरु डिजास्टर रिस्पोन्स एक्ससाईज एण्ड एक्सचेन्ज डिआरईई अभ्यासका लागि पोखरामा आइपुगेका छन् ।
पोखरामा सुरु भएको डीआरईई अभ्यासका लागि उनीहरु पोखरामा आइपुगेका हुन् । नेपाली सेना सहित अमेरिकी सेनाको यूएस आर्मी प्यासिफिक यूएसएआरपीएसीको सहआयोजनामा आइतबार देखि सुरु भएको विपद व्यवस्थापन सम्बन्धी अभ्यासमा अमेरिका, बेलायत लगायतका विभिन्न मुलुकका ७१ जना सैनिक तथा गैर सैनिकले सहभागिता जनाएका छन् ।
त्यस्तै नेपाली सेनाबाट ६० जना सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट नौ नौ जना एवं निजामति कर्मचारीबाट ३८ जनाको सहभागिता रहेको छ । कार्यक्रमा गैरसरकारी संस्थाका प्रतिनिधि तथा विद्यार्थीहरुको पनि सहभागिता रहेको छ । अभ्यासको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले एक विशेष कार्यक्रमका बीच शुभारम्भ गरेका थिए ।
विपद् व्यवस्थापनको समयमा हुने विभिन्न खोज, उद्धार तथा राहतका कार्यलाई सहज एवं प्रभावकारी बनाउने उद्देश्यले सञ्चालित उक्त अभ्यासमा बलाध्यक्ष रथी गौरव तण्डुलले स्वागत मन्तव्य राखेका थिए । उक्त अभ्यास पश्चिम पृतना हेडक्वार्टर पोखरा विमानस्थल लगायत पोखराका विभिन्न स्थानहरुमा सञ्चालन हुने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here