के तपाईंलाई बाथ रोग त भएन ?

907

सन्दर्भ: विश्व बाथरोग दिवस २०१७

डा. अरुण कुमार गुप्ता
(बाथरोग विशेषज्ञ)
वस्तुगतरूपमा बाथ रोगको सम्बन्धमा विशेष जानकारी र वास्तविक यो रोग कुन विशेषज्ञले हेर्छन्, यो कस्तो किसिमको रोग हो, कसलाई, कुन अवस्थामा हुने गर्छ, यसको कारण के हो, यो निको हुन्छ कि हुादैन, यसका के के लक्षणहरू हुन्छन् भन्ने सवालमा अहिले पनि हामीले बुझिराखेको अवस्था छैन ।

बाथ भनेको यो नेपाली भाषामा बुझाउने एक किसिमको रोग हो । बाथलाई अङ्ग्रेजीमा ‘आथ्र्राइटिस’ भन्ने गरिन्छ । तराई तिर यसलाई ‘गठिया’ पनि भन्ने गरिन्छ । यसले मानव शरीरको अस्थिपञ्जर प्रणालीलाई विशेषत प्रतिनिधित्व गरेको हुन्छ । शरीरको कुनै पनि हाडजोर्नी, मांशपेशी, छाला, नशा दुखेर उत्पत्ति हुने रोग हो ‘बाथ’ । यसले हाडजोर्नी बाहेक शरीरको कुनै पनि भित्री अंग जस्तै मुटु, मिर्गौला, फोक्सो, टाउको (मस्तिष्क), कलेजो आदिलाई पनि हानी गर्दछ
यस रोगलाई हेर्ने चिकित्सकलाई र्हूमाटोलोजिस्ट भन्ने गरिन्छ । बाथ पनि एउटै किसिमको हुादैन । बाथरोग २०० भन्दा बढी किसिमका हुने गर्छन् तथा रोगहरूको लक्षणहरूलाई छुट्याई विभिन्न बाथहरूको नामाङ्कन र विशेषताहरूलाई हेर्ने गरिन्छ ।

कारण:
माथि भनिए झैं अहिलेसम्म २०० भन्दा बढी बाथ रोग भएको पाइएको छ । कुन मानिसलाई कुन किसिमको बाथ भएको हो, छुट्याएर उपचार गर्ने गरिन्छ । हरेक बाथका आ–आफ्ना कारणहरू लक्षणहरू हुने गर्छन् । यी सबै कुनै न कुनै रोग प्रतिरोधात्मक प्रणालीको गडबडीलेले हुने गर्छ । अर्थात् प्रत्येक मान्छेभित्र रोगसाग लड्ने एक आफ्नै किसिमको क्षमता हुन्छ, तर यस रोगले त्यसकै विरुद्धमा शरीरलाई नै हानिकारक गर्ने असामाजिक तत्वहरू, जसलाई हामी एन्टीबडिज भन्ने गर्छौ, त्यस्तो किसिमको तत्वहरूको उत्पत्ति गराएर शरीरका विभिन्न भागको हाड, जोर्नी र कार्टिलेजहरू तथा विभिन्न प्रक्रियाबाट शरीरको प्रतिरोधात्मक क्षमता कम गरी रोग प्रतिरोधात्मक प्रणालीलाई नै दुर्बल पार्ने गर्छ ।
समग्रमा भन्दा नेपालीहरूमा ज्यादातररुपमा युरिक एसिड बढेर हुने बाथ, हड्डी कमजोर हुने, हड्डी खिइने, बाथ ९च्जभगmबतयष्अ िब्चतजचष्तष्क, इकतभयबचतजचष्तष्क० कम्मर दुख्ने बाथ, रिडको हड्डीमा हुने बाथ बढी भेटिएको छ । ती मध्ये कतिपय बाथ जीवाणु र किटाणुको संक्रमणबाट पनि हुने गर्छन् । जस्तै क्षयरोग, भाइरल रोगहरू आदि । कतिपय बाथ वंशानुगत पनि हुने गर्छन्, अर्थात् एकै परिवारमा धेरै जनालाई उक्त रोग भएको इतिहास हुन्छ ।

लक्षण:
बाथ कुनै एक व्यक्ति विशेषलाई मात्रै हुने रोग होइन । यो नवजात शिशुदेखि ८०–९० वर्षको उमेरसम्मका जुनसुकै उमेरका व्यक्तिलाई जुनसुकै बेलामा पनि हुनसक्छ । बाथहरूमध्ये साधारणतया बुझिने भाषामा भन्दा बढी हड्डी खिइने बाथ हुन्छन् भने अरू मांशपेशी, छाला, आाखा, नसा तथा शरीरको भित्री अंगहरूलाई नै असर गरी उत्पन्न हुने बाथहरू पनि हुन्छन् ।
जुनसुकै रोगका लक्षणहरू हुने गर्छन् । प्राय: बाथका रोगी हामीसाग आउादा दुखाईको समस्यासहित आउने गर्छन् । प्राय: सबैमा हाड–जोर्नी दुख्ने, सुन्निने, फुल्ने, समस्या देखिन्छ । बिरामीहरूमा बिहान उठ्दा हातका औला, जोर्नीहरू कक्रक्क पर्ने, साह्रो हुने, मुठ्ठी पार्न गाह्रो हुने, शरीर भारी हुने, जाम भए जस्तो हुने, हिड्न, बस्न, उठ्नै गाह्रो हुने गर्छ । शरीर झमझम गर्ने, मांशपेशीभित्र दुख्ने, ज्वरो आउने, कपाल झर्ने, चिसोपानीमा हात राख्दा छालाको रंग परिवर्तन हुने, शरीरमा राता निला सानासाना टाटाहरू आउने, छाला तन्किने, औलामा घाउ आउने, घाममा जाादा पुतलीको प्वाख जस्तो गालामा रातो डाम आउने, मुखमा घाउ हुने आदि हुन्छन् । उकालो–ओरालो गर्दा र भर्‍याङ्ग चढ्दा हड्डीहरू दुख्ने गर्छन् । ती एकै किसिमको बाथको आ–आफ्नो लक्षणहरू हुन् ।
बाथ बाल–बालिका तथा सानै उमेरमा पनि लाग्ने गर्छ । कतिपय राम्रा बाथहरूले वर्षौ पीडा दिइरहेका हुन्छन्; त्यसका बादजुद पनि तिनले शरीरलाई घातै गर्नेगरी हानी गर्दैनन् । तर नराम्रा बाथहरूले केही दिन, महिना र वर्षदिनभित्रै हड्डी बाङ्गिने र त्योसागै मुटु, मिर्गौला, आाखा, छाला, कलेजो र फोक्सोलाई पनि असर गरी घात पुर्‍याउादछन् । तसर्थ बाथलाई हामीले हाडजोर्नी दुख्ने रोग मात्र भनेर पनि बुझ्नु हुादैन । यसले शरीरको कुनै अङ्गलाई आन्तरिक रूपमा क्षति गराइदिन सक्छ ।
नेपालमा बाथ रोगीहरूको स्थिति
करिब दशक अगाडिको स्थिति र अहिलेको स्थितिमा धेरै फरक आइसकेको छ । धेरैजसो मान्छेले बाथलाई रोगको रुपमा नभई अभिसापका रुपमा बुझ्ने गर्थे । तर हिजो आज यस रोग प्रतिको धारणा बदलिइसकेको छ र मानिसहरूमा बाथ पनि एक किसिमको रोग हो र यसको उपचार गरेपछि निको हुन्छ भने बुझाई बढेको छ । बाथ न त अभिसाप हो, न त श्राप नै ।
विज्ञान र प्रविधिको प्रगतिले गर्दा हाम्रो हातमा नयाा नयाा औषधि र उपचार पद्धतिहरू आइसकेका
छन् । यो रोगको उपचारपछि ९५% निको हुने सम्भावना रहन्छ भने कति त सतप्रतिशत नै निको हुने हुन्छन् ।
यस रोगलाई हामी सजिलैसाग चिन्न सक्छौ । चिन्ने समयमै जो जति चााडो अस्पताल आउाछ, उसले तीव्र उपचार पाउन सक्छ । जो छिटो उपचारमा आउाछ, उसले आफूलाई अपाङ्ग हुनबाट बचाएको हुन्छ र अरुलाई पनि पाठ सिकाउन सक्छ र सञ्चार गर्न सक्छ । तसर्थ यी सबै जानकारी लिई बाथ रोगबाट आफै पनि बचौं र अरुलाई पनि बचाऔं ।

(-स्वाभिमान नेपाल मासिकबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here