गर्मी बढेसँगै तपाईंलाई अनेक किसिमका चिन्ताले सताउन थाल्छ । छाला फुस्रो हुने, खटिरा आउने र यस्तै किसीमका बिभिन्न छालाजन्य समस्या हुने गर्छ । गर्मी मौसममा अनुहारको बिशेष हेरचाह गर्नु जरुरी हुन्छ । विशेषगरी अनुहार सँग सम्बन्धित समस्याले बढी सताउँछ ।
गर्मी मौसममा अनुहारको चम्किलो पन बनाइ राख्न र छालालाई मुलायम बनाइ राख्नका लागि छालालाई पोषणको आवश्यक्ता बढी हुन्छ । घरमै काँक्रो, गुलाबजल र कागतिको पेस्ट बनाएर छालामा लगाउने र १० मिनेट पछि सफा पानीले धूने गर्नाले अनुहारमा चमकआउँछ । यसले छालामा निखार आउनुका साथै चम्किलो पनि बनाइ राख्नमा मद्दत गर्छ ।
पाकेको मेवाको २ चम्चा जति पेस्ट बनाएर त्यसमा एक चिम्टी बेसारको धूलो मिलाएर अनुहारमा लगाउनाले मेवामा भएको इम्जाइम्सका कारण कालोपन हट्नुका साथै अनुहारमा भएको दागहरु मेटाउन सहयोग गर्छ ।
काक्रो, स्ट्रोबेरी र आलूको प्रयोगले घर बसेरै फेशियल गर्न सकिन्छ । कागती फेश प्याक एउटा कागतीलाई दुई टुक्रा बनाएर काट्ने । आधा टुक्रालाई अनुहारमा गोलकार रुपले घुमाउँदै मल्ने । कम्तिमा पाँच मिनेट सम्म यो अभ्यास गर्नुपर्छ, त्यसपछि चिसो पानीले अनुहार धुने । कागतीको रस भिटामिन सी ले भरपूर हुन्छ । जसले छालाको कालो रंगलाई गोरो बनाउँछ । घ्यूकुमारी, काक्रो र चन्दनले बनेको फेस प्याक प्रयोग गर्नाले छालमा भएको कालोपना हटाई चम्किलो बनाउँछ । यि सबै सामानको प्रयोगले अनुहारमा ताजगीको अनुभव हुनुका साथै छालालाई स्वस्थ राख्ने काम गर्छ । यसले गर्मीको मौसममा छालालाई शितलता प्रदान पनि गर्छ ।

















