आगामी मंसिर ४ मा प्रदेश र सङ्घीय निर्वाचन गर्न सहमत

199

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू आगामी मंसिर ४ मा प्रदेश र सङ्घीय निर्वाचन गर्न सहमत भएका छन् । एक नेताकाअनुसार आज दिउँसो १ बजे बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नसक्ने छ । ‘गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ मै सहमत हुनुभएको छ,’ उनले मकालुखबरसँग भनेका छन्, ‘सम्भवतस् मंसिर ४ मै चुनाव हुनसक्छ ।’

निर्वाचन आयोगले भने मंसिर २ गतेका लागि सुझाव दिएको छ । सरकारले भने मंसिर ४ मै मिति घोषणा गर्ने लगभग पक्कापक्कीजस्तै भएको छ । यसघि बुधबार मात्रै पनि गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।

चुनावको मिति घोषणापछि संसद् रहन्छ कि रहँदैन भन्नेबारे भने नेताहरू प्रष्ट छैनन् । ‘हाउस चलाउने कि नचलाउने अलग कुरा हो, तर हाउस रहन्छ होला,’ ती नेताले भनेका छन्, ‘चलाइराख्न धेरै रुचि छैन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि अधिवेशन अन्त्य हुन्छ होला ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here