धनुषामा एनआईसी एशिया बैंकको नयाँ शाखा विस्तार

178

जनकपुर / एन आई सी एशिया बैंकले जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकमा नयाँ शाखा विस्तार गरेको छ ।

ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै जनकपुर उपमहानगरपालिकामा शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

शाखाको उद्घाटनका क्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बैंकको शाखा विस्तार भएसँगै स्थानीयले बैंकको सुविधाको भरपुर उपयोग गर्न सक्ने भन्दै बैंकलाई शुभकामना पनि दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here